About us

सम्पादकीयः 

हामीले मिडिया म्याक्स र एडभाटाइजिङ्ग प्रा.लि. द्वारा मिडियाखबर अनलाइन प्रकाशनमा ल्याएका छौ । यस अनलाइनले देश¸ जनता र परिस्थितिलाई केन्द्रमा राखी विचार र समाचार प्रस्तुत गर्नेछ । हामी जनता केन्द्रित विचारलालाई प्रमुख स्थान दिन चाहन्छौ ।

अहिले को युग सुचनाको युग हो। सूचना प्रविधिमा आएको बिकास र परिबर्तनले साच्चै विश्वलाई निकै आगाडी धकेलेको छ।  हिजो सम्म नेपालमा केहि गर्न सकिन्दैन भन्नेहरु आज नेपाल नै   फर्केर सुचना संचार प्रविधिमा तहल्का मच्चाई राखेका छन्।

हामि पनि सूचना प्रबिधिमा आएको बिकास र परिबर्तनलाई आत्मा साथ गर्दै सहि र  विश्वसनीय  समाचार लागाएत  मनोरंजनाक सामाग्रीहरु आफ्नो पाठक बर्गलाई वितरण गर्छौ भन्ने बिश्वास लिएका छौ।

मिडियाखबरले देश र जनताको हक र हितको विषयमा वकालत गर्नेछ आम श्रमजीवी जनताले निर्देश गरेका आदेशहरुलाई सम्प्रेषण गर्न आश्यक रहेको महसुस गरी देशमा भइरहेको परिवर्तनलाई समेत संस्थागत गर्ने कार्यमा सहयोग मिलोस् भन्ने धेय राखिएको छ । जनताले चाहेको परिवर्तनको पक्षमा कलम चलाउनुलाई हामीले आफ्नो दायित्व ठानेका छौ । यस कार्यबाट आम जनताको इच्छा, सहमति वा असमति सम्बन्धी धारणाहरु समेटिने विश्वास लिइएको छ ।

हामीले बुझेको जनादेश निर्वाचन, जनमत संग्रह, जुलुश प्रर्दशन, आन्दोलन, जनयुद्ध, सहमति वा असहमति जनाउने अभिब्यक्ति जस्ता विभिन्न कोणबाट प्राप्त भइहेको हुन्छ । यसमा बहुजनको हित हुने र परिवर्तनका पक्षमा जनमत निर्माण हुने कार्य नै हाम्रा सरोकारका विषयहरु हुन् ।

नेपालमा संघीय गणतन्त्र ल्याउन जति जनपक्षीय मिडियाको भूमिका रहेको थियो, त्यही प्रकारले यसको रक्षा र विकासमा मिडियाकर्मीहरुले त्याग र तपस्या गर्न आवश्यक देखिएको छ । तर साच्चै भन्ने हो भने मिडिया क्षेत्र आज राज्य र यसका अन्य अंगहरु बाट उपेक्षित छ।  आजका दिनसम्म जनताले चाहेको परिर्वतन बिकासमा देखिन सकेको अवस्था छैन ।  जबसम्म जनताको दिल दिमागमा परिवर्तनको महसुस हुन्न, तबसम्म संरचनागत परिवर्तनले केही पनि फरक पार्दो रहेनछ । आज हरेकक्षेत्रमा अर्कमन्यता छाएको छ ।

आमजनता साँझ बिहानकै लागी दुई छाक टार्न नसक्दा रोजी रोटीको खोजीमा छन् ।यसैले जनताको दिल दिमागमा ब्यवहारिक परिवर्तनको महसुस गराउने जनपक्षीय विचारहरु मार्फत् समाजमा जागरण ल्याउन निरन्तर लागि पर्नेछौ ।

यो परिवर्तनलाई संस्थागत गर्ने सँस्कृतिक आन्दोलन समेत हुने भएकाले मिडियाखबर डट कमले तपाई हामी सबैको क्रान्तिकारी विचार, दृष्टिकोण  र धारणा सम्प्रेषण गर्नेछ । आउनुहोस्, सबै क्षेत्रबाट यस शुभ कर्ममा संलग्न  होऔं।

हामि बिकास र पत्रकारितालाई संग संगै लैजान चाहन्छौ।  र, समाचारहरु सम्प्रेषण गर्दा सबै क्षेत्रलाई समेट्दै लैजाने छौ।  कुनै एक खाले विचारलाई मात्र प्राथमिकता नदिई समग्र विचारहरुलाई  उत्तिकै महत्व दिईनेछ। हामि हाम्रो पाठक वर्ग , बिज्ञापन दाता , लेख रचना उपलब्ध गराउने विद्वत वर्ग , पत्रकार मित्रहरु तथा यस प्रतिष्ठानका कर्मचारी प्राबिधिक साथिहरु तथा सुभेच्छुकहरुप्रति आभार प्रकट गर्दै आगामी दिन हरुमा पनि सहकार्य गर्ने बाचा गर्दै अहिलेलाई यहि बिट मार्छौ।

धन्यवाद ।

 

Subscribe US Now